Loktantra Khabar National Weekly
Ad

कांग्रेस नेता चन्द्रप्रसाद न्यौपानेको निधन

लोकतन्त्र खबर
३ बैशाख २०८१

नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ।

महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान न्यौपानेको निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो।

८२ वर्षीय न्यौपाने गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ छोप्राकका हुन्।

उनी २०४८ सालमा जिल्ला विकास समिति गोरखाको सभापति भएका थिए।

२०१७ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी २०४६ सालको आन्दोलनमा गोरखाको नेतृत्व गरेका थिए।

न्यौपाने कांग्रेस गोरखा उपसभापति र पटक-पटक महाधिवेशन तथा महासमिति सदस्य पनि रहेका थिए।

उनको पशुपति आर्यघाटमा सोमबार अपराह्न अन्त्येष्टि गरिने पोखरेलले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: