Loktantra Khabar National Weekly
Ad

सिन्दुरले रंगियो मध्यपुर थिमि

लोकतन्त्र खबर
२ बैशाख २०८१

भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका छन्।

आइतबार बिहान मध्यपुरथिमिका बासिन्दाले सिन्दुर जात्रा मनाएका हुन्।

हरेक नयाँ वर्षको भोलिपल्ट १९ वटा खटसहित सिन्दुर जात्रा मनाइन्छ।

जात्रा मनाउने क्रममा सांस्कृतिक बाजा बजाउँदै नाचगान गर्ने र एक आपसमा सिन्दुर छ्यापेर रमाउने चलन छ।

मध्यपुर थिमिमा मनाइने यो जात्रा सबैभन्दा ठूलो हो। यसक्रममा सडक र जात्रा मनाउने मानिसहरू सिन्दुरले रंगिन्छन्।

जात्रामा थिमि क्षेत्रबाट २३ वटा, नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा छ।

तर पछिल्लो समय आर्थिक समस्याका कारण १९ वटा खटसहित जात्रा गर्ने गरिएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: