Loktantra Khabar National Weekly
Ad

‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ

लोकतन्त्र खबर
२३ चैत्र २०८०

काठमाडौं  चैत २३, ‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–४ छिटाहा घर भएका २३ वर्षीय महेशकुमार मेहता छन् । उनलाई प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरेको हो ।

बिहे गर्ने भन्दै उनले महिलाहरूबाट २ लाख ४८ हजार रुपैयाँ ठगी गरेको पाइएको छ । ठगीको रकम अझै बढी हुन सक्ने प्रहरीले जनाएको छ । उनले ‘बिहे एप’मार्फत आफू जर्मनीको नागरिक भएको बताउँदै बिहे गर्ने प्रलोभन देखाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: