Loktantra Khabar National Weekly
Ad

६ किलो चरेशसहित १ महिला पक्राउ

लोकतन्त्र खबर
१९ चैत्र २०८०

काठमाडौं चैत १९ , ६ किलो चरेशसहित एक महिलालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।

बर्दियाको बढैयाताल गाँउपालिका–२ स्थित नेपाल भारत सीमा क्षेत्रबाट ६ किलो चरेशसहित ४५ वर्षीया आशा राईलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

दाङको लमही नगरपालिका–१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बर्दियाको फुटाहास्थित बोर्डर आउट पोस्ट (बीओपी) ले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

१२ वटा ठूलो प्याकेटभित्र स–साना २२ वटा प्याकेट बनाई शरीरमा बाँधेर भारततर्फ जाँदै गर्दा शंका लागि जाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ परेकी राईलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि सशस्त्र प्रहरी बलले नेपाल प्रहरीको जिम्मा लगाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: