Loktantra Khabar National Weekly
Ad

एकै महिनामा भित्रिए एक लाख २८ हजार पर्यटक

लोकतन्त्र खबर
१९ चैत्र २०८०

एकै महिनामा एक लाख २८ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार मार्चमा एक लाख २८ हजार १६७ पर्यटक भित्रिएका हुन्।

यो संख्या अघिल्लो महिनाको तुलनामा ३१ हजारले बढी हो। अघिल्लो महिना अर्थात् फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका थिए।

कोरोनाअघि सन् २०१९ मा एक लाख २७ हजार ३५१ पर्यटक भित्रिएका थिए। चार वर्षपछि यसपालि नयाँ पर्यटक आगमनले नयाँ रेकर्ड बनाएको छ।

मार्च, अप्रिल र मेलाई पर्यटकीय सिजन मानिन्छ। यही सिजनमा पदयात्रा तथा पर्वतारोहणका लागि पर्यटक आगमन बढेको हो।

यसपालि नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतबाट ३० हजार ६९८ पर्यटक आएका छन्।

त्यस्तै, चीनबाट १२ हजार ०९२, अमेरिकाबाट १० हजार ७६३, थाइल्यान्डबाट चार हजार ५६७, बेलायतबाट सात हजार २४१, बंगलादेशबाट दुई हजार ९४६, श्रीलंकाबाट पाँच हजार ७४१ जना भित्रिएका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: