लोकतन्त्र समाचारदाता—
सर्लाही,चैत्र १९
सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ नवलपुर स्थित तरकारी बजारमा एक अपरिचित पुरुषको शव फेला परेको छ।
अन्दाजी ६५ वर्षीय पुरुषको शव तरकारी बजार लाग्ने टहरामा आइतवार बिहान फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयहरुका अनुसार उक्त ब्यक्ति केही समयदेखि नवलपुर क्षेत्रमा मागेर खाँदै हिंड्दै गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्:

