Loktantra Khabar National Weekly
Ad

भिरबाट लडेर ८ वर्षीया बालिकाको मृत्यु

लोकतन्त्र खबर
१८ चैत्र २०८०

हेटौडा  चैत १८, मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी ८ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: