गुल्मी चैत १८ , गुल्मीमा बडीगाड खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला परेका छन् ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ का १२ वर्षका प्रिन्स सारु बडीगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षण सूर्यभान चौधरीले बताए ।
शनिबार दिउँसो बडीगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएका थिए । उनलाई प्रहरी र स्थानीयले आइतबार बिहान खोज्ने क्रममा मृत फेला पारेका हुन् ।
बालकको शव पौडी खेलेकै स्थानमा फेला परेको थियो । उनको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

