Loktantra Khabar National Weekly
Ad

ललितपुरमा दुर्घटना हुँदा एक शिक्षकको मृत्यु

लोकतन्त्र खबर
१६ चैत्र २०८०

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ।

शुक्रबार बिहान करिब सवा १ बजे महांकाल गाउँपालिका वडा नम्बर ४ स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

वडा नम्बर ५ बस्ने ५२ वर्षीय रमेश बजगाईंको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार राति घर जाँदै गर्दा बा ९४ प ६३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

मृतक बाघभैरव माध्यमिक विद्यालयका शिक्षक हुन्।

परिवारले अबेरसम्म घर नआएको भन्दै खोजी गर्नेक्रममा उनी सडकमा लडिरहेको अवस्थामा फेला परेका थिए। त्यसपछि उनलाई पाटन अस्पताल ल्याइएको थियो। पोष्टमर्टमको लागि शव पाटन अस्पतालमा राखिएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: