Loktantra Khabar National Weekly
Ad

धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

लोकतन्त्र खबर
१५ चैत्र २०८०

धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो।

७७ जना यात्रुसहित बिहीबार बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो।

श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाडौंको आकाश खुलेको सूचनापछि धनगढीबाट जहाज उडेको थियो। तर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न सकेन। मौसम बिग्रिएपछि जहाजलाई आकासमै होल्ड गरिएको थियो।

केही समयपछि जहाजलाई भैरहवा विमानस्थलमा अवतरण गरिएको उनले बताए। मौसम सफा भएका बेला धनगढीबाट त्रिभुवन विमानस्थलमा जहाज करिब ५५ मिनेटमै आइपुग्छ।

जहाज बिहान ९ बजेर ३४ मिनेटमा भैरहवास्थित विमानस्थलमा अवतरण गरेको थियो।  सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: