Loktantra Khabar National Weekly
Ad

अनेरास्ववियू स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

लोकतन्त्र खबर
१४ चैत्र २०८०

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूकी स्थायी कमिटी सदस्य रक्षा भनिने राजमती बम पक्राउ परेकी छन्।

प्रहरीले उनलाई आपराधिक लाभ सम्बन्धी कसुरमा गएराति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार एक जना महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो।

यस विषयमा अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए। प्रहरी वृत्त महाराजगञ्जले यस सम्बन्धी अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: