Loktantra Khabar National Weekly
Ad

रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गर्ने पक्राउ

लोकतन्त्र खबर
१४ चैत्र २०८०

बुटवल । रुपन्देहीमा १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या  गरी फरार रहेका एक व्यातिलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीको खोजी सूचीमा  रहेका  तिलोत्तमा नगरपालिका  निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । उनीमाथि  स्थानीय जङ्गबहादुर यादवको २०६२ पुस २५ गते भएको गोली हानी  हत्या गरेको  आरोप छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा  सिद्धार्थनगर नपा १ बेलहियाबाट पक्राउ गरेको बताए ।

यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उनीमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

२०६२ पुस २५ गते राति २ बजेतिर आफ्नै घरमा सुतिरहेका जङ्गबहादुरको गोली प्रहार गरी हत्या भएको थियो । गाउँकै सार्वजनिक जग्गामा मल्लाहले घर टहरा बनाएको र त्यस ठाउँमा मन्दिर बनाउने विषयमा विवाद हुँदा गोली प्रहार गरी फरार रहेको रुपन्देही प्रहरी प्रवक्ता  डिएसपी मनोहर  प्रसाद भट्टले बताए । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: