Loktantra Khabar National Weekly
Ad

९ दिने भ्रमणका लागि आइतबार चीन जाँदै ‍परराष्ट्रमन्त्री श्रेष्ठ

लोकतन्त्र खबर
१० चैत्र २०८०

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जाने भएका छन्।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जान लागेका हुन्।

भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: