Loktantra Khabar National Weekly
Ad

मित्रमिलन सहकारी ठगी प्रकरण : पूर्वरजिष्ट्रार पराजुली २० लाख धरौटीमा रिहा

लोकतन्त्र खबर
९ चैत्र २०८०

पोखरा । पोखराको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तारका लागि १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली २० लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उच्च अदालत पोखराले उक्त आदेश उल्ट्याउँदै धरौटीमा छोड्न आदेश दिएको हो ।

पराजुली पुस ११ गते कुस्मा नगरपालिकाको कार्यकक्षबाट पक्राउ परेका थिए । उनलाई कास्की जिल्ला अदालतले पुस १७ गते पुर्पक्षमा पठाउन आदेश दिएको हो । उनीविरुद्ध सहकारीका अध्यक्ष रमण पौडेलले घुस लिएको आरोप सहितको बयान दिएका थिए ।

उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

यस्तै, सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । सहकारी ठगी प्रकरणमा अध्यक्ष रमणसँगै कार्यकारी अधिकृत किरण अधिकारी, पत्रकार समेत रहेका अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धि सागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।  रातोपाटी संवाददाता

 

 

प्रतिक्रिया दिनुहोस्: