झापामा एक जना पुरूषको हत्या भएको छ।
बिहीबार बिहान करिब ५ बजे भद्रपुर नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डी गिरीका अनुसार सनम गए राति स्थानीय वीरबहादुर राईको घरमा सुतेका थिए।
सुतिरहेको बेलामा वीरबहादुरका छोरा ३० वर्षीय कमानसिंह राईले सनममाथि खन्ती प्रहार गरेका थिए। खन्ती प्रहारबाट सनमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।
उनीहरूबीच पुरानो रिसिइबी रहेको प्रहरीले जनाएको छ। यद्यपि यकिन कारण अनुसन्धानपछि खुल्ने प्रहरी निरीक्षक गिरीले बताए।
घटनाबारे वडाध्यक्षले इलाका प्रहरी कार्यालय पृथ्वीनगरमा जानकारी गराएका थिए। त्यसपछि खटिएको प्रहरीको टोलीले कमानसिंहलाई पक्राउ गरेको हो।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

