Loktantra Khabar National Weekly
Ad

वीरगञ्जको क्यासिनोबाट चार नेपाली पक्राउ

लोकतन्त्र खबर
७ चैत्र २०८०

काठमाडौं चैत ६ , वीरगञ्जको एक क्यासिनोबाट चार नेपाली नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५ भिश्वा होटलको क्यासिनोबाट चार नेपालीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा महानगरपालिका–१५ का ३२ वर्षीय प्रताप लामा (सीएमजी क्लबको सेक्युरिटी गार्ड), सर्लाहीको बरहथवा नगरपालिका–११ का ३४ वर्षीय उमेश कार्की (सीएमजी क्लबकै मार्केटिङ म्यानेजर), वीरगञ्ज–१६ का ३४ वर्षीय पप्पु सिंह (सीएमजी क्लबको मनिटर) र वीरगञ्ज–८ का ४० वर्षीय सुरजकुमार कलवार छन् ।

होटलको क्यासिनोमा नेपालीहरुलाई छिराउँदै अनधिकृत रुपमा जुवा खेलाउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी कुमारबिक्रम थापाले जानकारी दिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: