Loktantra Khabar National Weekly
Ad

चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु

लोकतन्त्र खबर
७ चैत्र २०८०

पाँचथरमा चट्याङ लागेर सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मौवा पाँचथर दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत सहायक प्रहरी हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

मोरङ ग्रामथान गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय उनी मंगलबार राति गस्ती गरिरहेको बेलामा पानी र चट्याङ परिरहेको थियो।

गस्ती गरी फर्किएर ब्यारेकको ढोकामा उभिरहेका उनलाई अन्दाजी सवा १० बजे चट्याङले लागेको थियो।

चट्याङले लागेर गम्भीर घाइते भएका उनलाई सुरूमा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा लगिएको थियो। त्यहाँबाट पाँचथर जिल्ला अदालतमा लगिएको थियो।

उपचारको क्रममा मध्यराति चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। शव पोष्टमर्टमको लागि अस्पतालको शव गृहमा राखिएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: