Loktantra Khabar National Weekly
Ad

बसुन्धराबाट जुवा खेल्ने ८ जना पक्राउ

लोकतन्त्र खबर
७ चैत्र २०८०

काठमाडौंको बसुन्धराबाट एक लाख ८८ हजार नगदसहित जुवा खेल्ने ८ जना पक्राउ परेका छन्।

मंगलबार दिउँसो ४ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धरास्थित टहराबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

महेश मगरले भाडामा लिएको जस्ताको टहरामा केही मानिसहरूले जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले ८ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट एक लाख ८८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।

चार बुक तास पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा कृष्णप्रसाद श्रेष्ठ, कोमलबहादुर प्याकुरेल, अर्जुन राई, मनोजकुमार चौधरी, इश्वर राई, विष्णु मगर, कैलाश मगर र सन्दिपकुमार चौधरी छन्।

उनीहरूमाथि प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: