Loktantra Khabar National Weekly
Ad

सप्तकोशीमा डुंगामा राखेर ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद

लोकतन्त्र खबर
७ चैत्र २०८०

सप्तकोशीमा डुंगामा राखेर ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद भएको छ।

मध्यराति १:३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदी किनारमा डुंगामा राखेर ल्याएको गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सप्तकोशी किनारमा केही व्यक्तिहरूले डुंगाबाट गाँजा निकाल्दै गरेको बेलामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी आएको थाहा पाएपछि उनीहरू गाँजा छाडेर फरार भएका थिए।

बरामद भएको गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फागुन १ गते देखि हाल सम्म १ एम्बुलेन्स सहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: