Loktantra Khabar National Weekly
Ad

१० ग्राम खैरो हेरोइनसहित भारतीय युवक पक्राउ

लोकतन्त्र खबर
६ चैत्र २०८०

धनगढी चैत ६, कञ्चनपुरबाट १०.२ ग्राम खैरो हेरोइनसहित प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलिजेन्स टीम (पीआईटी) ले बेलौरी नगरपालिका– ६ नकैयाबाट १०.२ ग्राम खैरो हेरोइनसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार नेपालतर्फ पैदल आउँदै गर्दा भारतको उत्तराखण्ड प्रदेशको लखिमपुरग्राम खजुरीयाका चौहान पक्राउ परेका हुन् ।

चेकजाँच गर्दा पाइन्टको गोजीमा पोको पारेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: