Loktantra Khabar National Weekly
Ad

पूर्वकप्तान नेरी थापाले लिइन् क्रिकेटबाट सन्यास

लोकतन्त्र खबर
६ चैत्र २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले सन्यास लिने घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट संन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’

उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् ।

नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो ।अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: