Loktantra Khabar National Weekly
Ad

पत्रकारमाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारवाहीको माग

लोकतन्त्र खबर
२ चैत्र २०८०

पत्रकार कृष्ण वहावमाथि इटहरी उपमहानगरको नगर प्रहरीले गरेको दुव्र्यवहारको विरोध गर्दै नेपाल पत्रकार महासंघले पत्रकारको मोबाइल खोस्ने, हातपात गर्नेमाथि कारवाहीको माग गरेको छ।

इटहरी उपमहानगरले कीर्ते गरेर कानुनमा चलखेल गरेको समाचार शिलापत्र डटकममा लेखेका पत्रकार वहावलाई समाचार संकलनका क्रममा उपमहानगर पुग्दा नगर प्रहरीले दुव्र्यवहार गरेको थियो।

‘बिहीबार समाचार संकलनका लागि उपमहानगर परिसर पु्गेर मोबाइलबाट फोटोहरु खिच्दै थिएँ, सिटी रिक्सा व्यवसायीहरुको भीड थियो’, पत्रकार वहावले भने ‘त्यहीबेला नगर प्रहरीले मेरो मोबाइल खोसेर मलाई धकेल्दै दुर्व्यवहार गर्‍यो।’

उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ कोशी प्रदेश र सुनसरी जिल्ला समितिले फरक विज्ञप्ति निकालेर घटनामा संलग्नलाई कारवाहीको माग गरेका छन्।

इटहरीका मेयर हेमकर्ण पौडेलले सामाजिक सन्जालबाट उक्त घटनाको अध्ययन गर्न समिति बनाएको जानकारी दिएका छन्।

महासंघ प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले भने उपमहानगरले दोषीलाई कारवाही गरेको जानकारी दिन मेयरलाई चुनौती दिएका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: