Loktantra Khabar National Weekly
Ad

दिव्य शान्ति सहकारीका अध्यक्ष महर्जन पक्राउ

लोकतन्त्र खबर
२७ फाल्गुन २०८०

काठमाडौं  फागुन २७, बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् ।

बचत फिर्ताको लागि पटक-पटक सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा पनि फिर्ता नगरेका महर्जन कार्यालय बन्द गरेर फरार भएका थिए । उनलाई यही फागुन २३ गते चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

उक्त सहकारी कृष्ण महर्जनका परिवारका सदस्य र आफन्तहरु मिलेर चलाउँदै आएका थिए । कृष्णकी श्रीमती अञ्जलाले सो सहकारीको व्यवस्थापकको रुपमा काम गर्दै आएकी थिइन् ।

यसैगरी उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन तथा सदस्यमा सिरु श्रेष्ठ र दिव्यश्वरी महर्जन थिए ।

सञ्चालकले आफूहरुलाई ठगेको भन्दै सो सहकारीका ४० जनाभन्दा बढी बचतकर्ताहरुले प्रहरीमा उजुरी दिएका थिए । स्रोतका अनुसार दिव्य शान्ति सहकारीमा बचतकर्ताको ३ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: