पाल्पामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
नवलपरासी पूर्व विनयी-त्रिवेणी गाउँपालिका-३ बस्ने २१ वर्षीय बुद्धबहादुर विक पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
उनले किशोरीलाई तानसेन नगरपालिका-९ दमकडा बेलडाँडास्थित एक घरमा सोमबार राति जबरजस्ती करणी गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

