Loktantra Khabar National Weekly
Ad

महोत्तरीकी समृद्धिको जन्म उत्सव मलंगवाको बाल गृहमा

लोकतन्त्र खबर
१८ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन १८

२०७८ साल फाल्गुन १६ गते बाबु सत्येन्द्र यादव तथा आमा पुष्पा यादवको कोखबाट जन्म लिएकी समृद्धि अधिकारीले आफ्नो जन्मदिन सर्लाहीको सदरमुकाम मलंगवामा रहेको बाल गृहमा आश्रित बालबालिकाहरु सँग मनाएका छन।

महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नं. १० मरुवाही घरभइ हाल मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाल खेलकुद महासंघको सचिव पदमा रहनुभएका सत्येन्द्र तथा नेकपा (एमाले) मधेश प्रदेश समिति सदस्य एवम् उपमेयर उमेदवार पुष्पाले बिहीबार बालमन्दिरमा एक समारोहको आयोजना गरि बाल गृहमा आश्रित १२ जना बालबालिकालाई आफ्नी छोरी समृद्धिको हातबाट शैक्षिक सामाग्री वितरण गरेर दोस्रो जन्मदिन मनाएका हुन्।

स्तुति सौम्या हेल्थ केयर हस्पिटल मलंगवाका संचालक एवं युवा समाजसेवी डा.गुणेश्वर झाको विशेष पहलमा यादव दम्पतीले आफ्नो छोरीको जन्मदिन अभिभावक विहिन बालबालिकाहरु सँग मनाएको बाल गृहका अभिभावक राम लखन महतोले बताए ।

समाजसेवी डा.झा ले सबै अभिभावकहरु यसै गरि ठूला ठूला होटलमा गएर फिजुल खर्च नगरी सामाजिक कार्य गरेर जन्मदिन मनाउँदा त्यसले समाजमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

बाल गृह सबैको साझा रहेको र यसमा बस्ने सबै बालबालिका आफ्नै रहेकोले सबैको सहयोग भएमा बाल गृह चलाउन सहज हुने झा ले बताए ।

जन्मदिन मनाउने नाउँमा मोजमस्तीमा पैसा उडाउनु भन्दा यस्तै सहयोग गर्नुपर्ने उनले बताए ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका यादव दम्पती छोरीको पहिलो जन्मदिनको अवसरमा अवसरमा सदगुरु कविर बाल आश्रम जनकपुरधामका अनाथ बालबालिकाहरुलाई फलफूल वितरण र नगद आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: