Loktantra Khabar National Weekly
Ad

विद्यार्थीहरुले सरस्वती पुजाको दिन विद्यालयकै पोसाक लगाउनुपर्ने अधिकारकर्मीहरुको निर्णय

लोकतन्त्र खबर
२९ माघ २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ २९

पछिल्लो समय सरस्वती पुजाको नाममा विकृति र विसंगति बढ्दै गइरहेको छ।जसको नकारात्मक असर पुरै समाजमा पर्दै गइरहेको छ। सोही विकृति र विसंगतिलाई रोक्न नागरिक समाज,पत्रकार र मानवअधिकारकर्मीहरु बीच छलफल गरिएको छ।

नजिकिँदै गरेको सरस्वती पुजालाई लिएर सदरमुकाम मलंगवामा मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रको अध्यक्षतामा बैठक बसी नागरिक समाजका अगुवा, विभिन्न क्षेत्रका अधिकारकर्मी र संचारकर्मीहरु बीच छलफल गरि विभिन्न निर्णयहरु गरिएको छ।

बैठकमा सरस्वती पुजाको दिन विद्यार्थीले सम्बन्धित विद्यालय तथा शैक्षिक संस्थाले निर्धारण गरेको पोसाक लगाएर विद्यालयमा आउनु पर्ने यसकालागि शिक्षकले समेत प्रोत्साहित गर्नुपर्ने ,विद्यालय क्षेत्रमा बालबालिकाहरुलाई नकारात्मक असर पार्ने खालका कुनैपनि भाषाको अश्लित गीत संगीत नबजाउनु पर्ने र मुर्ति विसर्जन गर्दा विद्यालय प्रशासनको नियन्त्रणमा सुन्दर गीत संगीत बजाएर बेलुका ५ बजेसम्म गरिसक्नुपर्ने सर्वसम्मतिबाट निर्णय भएको संजालका अध्यक्ष मिश्रले जानकारी दिएको छ।

ती निर्णयहरुको कार्यान्वयन भए नभएको अनुगमन तथा निगरानी गर्न मिश्रको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: