Loktantra Khabar National Weekly
Ad

बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी

लोकतन्त्र खबर
२८ माघ २०८०

काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ।

आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। केही सामानहरूमा क्षति पुगेको छ। पूर्ण क्षति विवरण आइसकेको छैन।

आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग भएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: