Loktantra Khabar National Weekly
Ad

फुटपाथ व्यवसायीले घेरे काठमाडौं महानगरपालिकाको कार्यालय

लोकतन्त्र खबर
२८ माघ २०८०

फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाकाे कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

आइतबार फुटपाथ व्यवसायीहरूले महानगर घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीम खड्काले महानगरपालिकाले सहमति विपरीत फुटपाथ व्यवसायीमाथि ज्यादती गरेको बताए।

‘हामीले फुटपाथ व्यवसायीहरूलाई बाँच्न दिन आग्रह गर्दा पनि महानगरले राति आएर सामानहरू लुटरे लिएर गए,’ उनले भने, ‘महानगरले फुटपाथ व्यवसायीहरूको माग सम्बोधन गर्नुपर्छ।’

अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने बताए। उनले फुटपाथ व्यवसायीहरूलाई उचित र वैकल्पिक ठाउँ दिन आग्रह गरे।

महानगरपालिका फुटपाथ व्यवस्थापन गर्नेतर्फ भन्दा पनि स्वरोजगार व्यवसायीलाई बेरोजगार बनाउन अग्रसर भएको उनको आरोप छ।सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: