Loktantra Khabar National Weekly
Ad

बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

लोकतन्त्र खबर
२८ माघ २०८०

बैंकिङ कसुरमा ९ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे पनौती नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ जरिवाना पाएका उनलाई सिआइबीले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर ऋण लिएको प्रहरीले जनाएको छ।

काभ्रे बोइलर सप्लायर्स नामक प्राइभेट फर्मको फर्जी कागजातहरू बनाएर आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएको खुलेको हो। उक्‍त कर्जा लिएर फाइनान्सलाई ९ करोड ७ लाख ६ हजार ३७८ रुपैयाँ हानी पुर्‍याएको एसपी बोगटीले बताए।

उक्त मुद्दामा २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई तीन वर्ष कैद र बिगो बमोजिम जरिवाना सुनाएको हो। त्यसयता फरार रहेका उनलाई सिआइबीले पक्राउ गरी आइतबर जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: