Loktantra Khabar National Weekly
Ad

महोत्तरीमा लुटेरा समूहबाट एक बालिका बलात्कृत

लोकतन्त्र खबर
२६ माघ २०८०

महोत्तरीमा लुटेरा सामूहबाट एक बालिका बलात्कृत भएकी छन्।

महोतरीको सम्सी गाउँपालिका–२ पर्सामा १३ वर्षीया बालिकालाई चार जनाको समूहले २२ गते राति दुई बजे बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कृत भएकी बालिका आर्थिक अवस्था कमजोर भएका कारण मामा घर बस्दै आएकी थिइन्।

राति लुटेरा समूहले घरमा लुटपाट गरी बालिकाकी आमा र हजुरआमालाई कोठामा थुनेर उनलाई घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेको अनुसन्धामा खटिएक एक प्रहरीले बताए।

प्रहरीका अनुसार बालिका डराएका कारण भोलिपल्ट मात्रै घटना बाहिरिएको थियो। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारैजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। आज दिउँसो तीनबजे विस्तृतमा घटना सार्वजनिक गरिने प्रहरी निरीक्षक खड्काले बताए। प्रहरीका अनुसार लुटेरा समूहले सोही राति स्थानीय सुरेन्द्र चौधरीको घरमा समेत लुटपाट गरेका थिए । सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: