Loktantra Khabar National Weekly
Ad

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति माग गर्दै दरखास्त आह्वान

लोकतन्त्र खबर
२६ माघ २०८०

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति माग गर्दै दरखास्त आह्वान भएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

समितिले इच्छुक व्यक्तिलाई १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बेवसाइट moest.gov.np मार्फत् आवेदन दिन आग्रह गरेको छ।

यसअघि समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति माग गर्दै सूचना निकालेको थियो। गत माघ २३ गते सूचना निकालेर समितिले इच्छुकलाई १५ दिनभित्र दरखास्त आह्वान पेश गर्न आग्रह गरेको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: