Loktantra Khabar National Weekly
Ad

‘महाजात्रा’ जोडी: विपीन र वर्षासँगै दिव्य र गौमाया

लोकतन्त्र खबर
२५ माघ २०८०

प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ को पोस्टर सार्वजनिक गरिएको छ।

बिहीबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा फिल्मका कलाकार विपीन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो।

‘जात्रा’ शृंखलामा फडिन्द्र (विपीन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले रूचाइरहेका छन्। यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रूपमा थपिएका छन्।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको पनि अभिनय छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

यसमा जीत बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्। सेतोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: