Loktantra Khabar National Weekly
Ad

स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

लोकतन्त्र खबर
२५ माघ २०८०

स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला पुलमा विद्यार्थी ल्याउन जाँदै गरेको एक निजी स्कुलको बसले ठक्कर दिँदा भारतको मधुवनी जिल्ला घर भई बेला बस्दै आएका २७ वर्षीय ममताज कवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा २ प ७६० नम्बरको स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका कवारीलाई प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने रामजस मण्डललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: