Loktantra Khabar National Weekly
Ad

नापी कार्यालय सर्लाहीका मृतक परिवारलाई राहत स्वरुप रोजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न–मन्त्री चौधरीको निर्देशन

लोकतन्त्र खबर
२४ माघ २०८०

अजिता चौधरी

सर्लाही, माघ २३

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं.११ गम्हरीयामा सोमबार राती भएको सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख सहित ११ जना घाईते भएका छन भने एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती नगरपालिका वडा न(११ कर्मैयाका ४५ वर्षीय बिनोद घिमिरे रहेको छ । उनको एलेक्स न्युरो अस्पताल कलैया बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राती पौने ८ बजेको समयमा नवलपुर(मलंगवा सडकमा चमेली माईको मन्दिर नजिक सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको नापी कार्यालयका कर्मचारीहरु सवार बि.आर ०६ पि.डी ९६४८ नम्बरको भारती सफारी गाडी नवलपुरतर्फ नै जाँदै गरेको ज २ त १०६७ नम्वरको उखु बोकेको ट्याक्टरमा पछाडिबाट ठोक्किए दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय नापी कार्यालयका प्रमुख संजय मानन्धर, मलंगवा न.पा–३ का ५० वर्षीय बैधनाथ पटेल,महोत्तरीका २५ वर्षीय अजय यादव, महोत्तरीकै ३० वर्षीय बैजु यादव ,मलंगवा न.पा–३ का ३५ वर्षीय रामलाल साह,कौडेना गाउँपालिका वडा न(२ का २४ वर्षीय संजित मण्डल, धनुषाको सहिदनगर नगरपालिका वडा न–७ का २९ वर्षीय दिपेन्द्र यादव ,बागमती न.पा कर्मैयाका ४५ वर्षीय विनोद घिमिरे(उपचारको क्रममा उनको मृत्यु भइसकेको छ ।

बाराको कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय शाहिद अनवर, मलंगवा न.पा–७ मुसैलीका ३४ वर्षीत रामबाबु राय र महोत्तरीको एकडारा गाउँपालिका–२ का २० वर्षीय रिटेन यादव रहेका छन ।उनीहरु सबै नापी कार्यालय मलंगवाका कर्मचारीहरु रहेका छन् । दुर्घटनामा गम्भीर घाईतेहरु मध्ये ५ जनाको कलैया ४ जनाको बिरगंज र एकजनाको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहरहेको छ ।

नापी कार्यालयका प्रमुख मानन्धरसहित केही घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिएको छ । उखु बोकेको ट्याक्टरका चालक फरार रहेको छ । एकैसाथ ठुलो संख्यामा कर्मचारीहरु दुर्घटनामा परेर घाइते हुँदा नापी कार्यालय मलंगवाको माहोल दुःखद भएको छ । साथै सो कार्यालयबाट प्रवाह हुने सम्पूर्ण कामहरु रोकिएको छ ।

त्यस्तै भूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी दुर्घटनामा परि मृत्युु भएका कर्मचारीको परिवारका सदस्यलाई रोजगारीको व्यवस्थापन गर्न निर्देशन दिएकी छिन् ।मन्त्रालय स्तरीय बैठकमा मन्त्री श्रेष्ठले दुर्घटना प्रति दुख व्यक्त गर्दै मृतक परिवारलाई राहत स्वरुप रोजगारी तथा घाइतेको उपचारका लागि आवश्यक कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

बैठकमा मन्त्री चौधरी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नापी विभागका निर्देशक  प्रकाश जोशी लगायतका कर्मचारीहरू उपस्थित थिए ।बैठकमा मन्त्री चौधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई रोजगारी दिने र गम्भीर घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।

सोमबार राति नवलपुर–मलंगवा सडकखण्डमा सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका बागमती नगरपालिका–११, कर्मैयाका ४५  वर्षीय विनोद घिमिरेको मृत्यु भएको छ ।

घिमिरेको एलेक्स न्युरो अस्पताल कलैयामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: