Loktantra Khabar National Weekly
Ad

भरतसँग इशा देओलले गरिन् सम्बन्ध विच्छेद

लोकतन्त्र खबर
२४ माघ २०८०

हेमा मालिनी र धर्मेन्द्रकी छोरी इशा देओलले भरत तख्तानीसँग सम्बन्ध विच्छेद गरेकी छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले विवाहको १२ वर्षपछि सम्बन्ध विच्छेद गरेका हुन्। केही सममअघि उनीहरूको सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो। मंगलबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सम्बन्ध विच्छेद गरेको जानकारी दिएका हुन्।

‘हामीले आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं। हाम्रो जीवनमा यो परिवर्तनको माध्यमबाट हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरूको दुई छोरी राध्या र मियारा छन्।

इशा पछिल्लो केही समय अभिनयबाट टाढा थिइन्। हालै उनले फिल्म ‘एक दुआ’ मा काम गरेकी थिइन्। यस फिल्म ओटिटीमा प्रदर्शन भएको थियो। यस फिल्मले ६९ औं नेशनल अवार्डमा फिचर विधामा स्पेसल मेन्सन अवार्ड पाएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: