Loktantra Khabar National Weekly
Ad

सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु

लोकतन्त्र खबर
२३ माघ २०८०

काठमाडौंको सिनामंगलमा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सोमबार राति साढे ७ बजेतिर काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा एम्बुलेन्सले सडकमा सुतिरहेका एक पुरूषलाई ठक्कर दिएको हो।

सडकमा मागेर त्यहीँ बस्ने उदयपुरका ३५ वर्षीय दीपक राईको मृत्यु भएको प्रहरले जनाएको छ।

सुतिरहेका उनलाई मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सले ठक्कर दिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दीपकलाई केएमसी अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शव अहिले पोष्टमर्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ।

प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्‍त्रणमा लिएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: