Loktantra Khabar National Weekly
Ad

पूर्वमन्त्री नेम्वाङको अवस्थामा क्रमिक सुधार

लोकतन्त्र खबर
२३ माघ २०८०

र्वमन्त्री तथा पाँचथरका सांसद वसन्तकुमार नेम्वाङको अवस्थामा क्रमिक सुधार आएको छ।

गत माघ १७ गते एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन पुगेका नेम्वाङलाई ब्रेन स्ट्रोक भएको थियो।

उनलाई त्यही दिनै हेलिकाप्टरमार्फत् काठमाडौं ल्याइएको थियो।

अहिले उनको मेडिसिटी हस्पिटलमा उपचार जारी रहेको अवस्थामा सुधार आइरहेको उनकी पत्नी भूमिका सुब्बाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्।

‘उहाँको स्वास्थ स्थितिबारे बुझ्न मलाई धेरै कलहरू र म्यासेजहरू आइरहेको छ तर मैले रेस्पोन्स गर्न सकिरहेको छैन। हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको यसैमार्फत् जानकारी गराउन चाहन्छु,’ उनले भनेकी छन्।

चिकित्सकको सल्लाहअनुसार बाहिरी संक्रमणबाट जोगाउन परिवारको केही सदस्यबाहेकलाई भेटघाट नगराइएको उनले जानकारी दिएकी छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: