Loktantra Khabar National Weekly
Ad

महानगर प्रहरीले शान्तिवाटिकाबाट हटायो प्रदर्शनकारीलाई

लोकतन्त्र खबर
२३ माघ २०८०

काठमाडौंको शान्तिवाटिकामा बसेका प्रदर्शनकारीहरूलाई महानगर प्रहरीले हटाएको छ।

मंगलबार बिहान काठमाडौं महानगर प्रहरीले प्रदर्शनकारीहरूलाई शान्तिवाटिकाबाट हटाएको हो।

महानगर प्रहरी ईश्वर वाग्लेका अनुसार सम्पदा क्षेत्रमा बस्न नदिने भएकाले हटाइएको हो।

‘४०-५० जना थिए। सम्पदा क्षेत्रमा बस्न नदिने भनिएकाले हटाएका हौं,’ उनले भने। महानगरले अहिले शान्तिवाटिकामा ताला लगाएको छ।

पछिल्लो समय शान्तिवाटिकामा आरती साहका परिवार, बलात्कार आरोपी न्‍यायाधीश भुवन गिरीकी श्रीमती, मिटरब्याजी पीडितहरूले प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरू शान्तिवाटिका बाहिरै बसिरहेका छन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डलमा प्रदर्शन गर्न निषेध गरेपछि उनीहरू शान्तिवाटिका गएका थिए।

प्रशासनले माइतीघरमा प्रदर्शन गर्दा सरकारी कामकाजका लागि आउनेहरूका लागि अवरोध हुने गरेको भन्दै निषेधित क्षेत्र तोकेको हो। दुर्गा प्रसाईंको कार्यक्रमलाई लक्षित गर्दै तोकेको निषेधित क्षेत्र प्रशासनले हटाएको छैन। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: