Loktantra Khabar National Weekly
Ad

स्क्वायर होटलकी सञ्चालक रोमी अर्याल पक्राउ

लोकतन्त्र खबर
२३ माघ २०८०

ललितपुरको पुल्चोकस्‍थित स्क्वायर होटलकी सञ्चालक रोमी अर्याल पनि पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले होटलकी सञ्चालक अर्याललाई सोमबार पक्राउ गरेको एसपी नवराज कार्कीले बताए। रोमी आफैं परिसरमा उपस्थित भएकी थिइन्।

गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। शाक्यले स्वीमिङ पुल छेउको स्पट लाइटमा छुँदा करेन्ट लागेको थियो।

परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए। यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए।

अदालतले उनलाई अहिले हाजिर जमानीमा छाडेको छ। उनी रोमी अर्यालकी सासु हुन्।

प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ।

मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ।

सलिजमान शाक्यको जावलाखेलस्थित घरमै उपचार भइरहेको छ। उनी हाल कोमामा छन्।

यस घटनापछि न्याय माग गर्दै पटकपटक प्रदर्शन हुँदै आएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: