Loktantra Khabar National Weekly
Ad

चेक अनादर मुद्दामा एक जना पक्राउ

लोकतन्त्र खबर
२२ माघ २०८०

चेक अनादर मुद्दामा तुलसीपुरका एक व्यक्ति पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका– ८ नयाँ बस्तीका ४५ वर्षीय उमेन्द्रबहादुर वलीलाई खोजतलास गर्ने क्रममा घोराही उपमहाानगरपालिका–१६ लेटार गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए। प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो।

चेक अनादर मुद्दामा जिल्ला अदालतले २०५९/०५/०६गते  दुई वर्ष कैद सजाएको फैसला सुनाएको थियो। त्यसयता वली फरारको सूचीमा थिए।

फरार प्रतिवादी वलीलाई सोमबार अदालतमा पेस गरिएको छ। अदालतको आदेशले फैसला कार्यान्वयका लागि उनी कारागार चलान भएको प्रहरीले बताएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: