Loktantra Khabar National Weekly
Ad

दुल्लुका एक वडाध्यक्षको निधन

लोकतन्त्र खबर
२२ माघ २०८०

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।

दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनी क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: