Loktantra Khabar National Weekly
Ad

काठमाडौं उपत्यकामा छिटपुट वर्षा

लोकतन्त्र खबर
२१ माघ २०८०

काठमाडौं उपत्यकामा आइतबार दिउँसो छिटपुट वर्षा भएको छ।

काठमाडौंका केही क्षेत्र, ललितपुरका पाटनलगायत ठाउँमा छिटपुट वर्षा भएको छ।

पश्चिमी वायूसँगै आउने न्यून चापीय प्रणालीले गर्दा छिटपुट वर्षा भएको हो।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको हो।

उच्च हिमाली भेगमा भने हिमपात भएको छ।

सोमबार साँझदेखि मौसममा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: