Loktantra Khabar National Weekly
Ad

कायमै देखियो थ्रेड्सको लोकप्रियता, यी हुन् सर्वाधिक डाउनलोड भएका सोसल मिडिया

लोकतन्त्र खबर
२१ माघ २०८०

सोसल मिडिया प्लाटर्फम एक्सलाई टक्कर दिनका लागि मेटाले गतवर्ष लञ्च गरेको थ्रेड्स एपले सुरुआती अवस्थामा ठूलो तहल्का मच्चाएको थियो ।

सार्वजनिक भएको पहिलो पाँच दिनमै थ्रेड्स एपले १० करोड डाउनलोड्सको आँकडा पार गर्दै इतिहास रचेको थियो । यद्यपि सुरुवाती लोकप्रियता पश्चात् थ्रेड्सलाई मानिसहरुलाई बिर्सिंदै गए र एउटा कुनामा लगेर छाडे ।

अहिले अवस्था यस्तो बनेको छ कि मानिसहरुको फोनमा थ्रेड्स एप इन्स्टल त होला तर निकै कम मानिसहरुले मात्र यसलाई नियमित रुपमा प्रयोग गरिरहेका छन् ।

यति हुँदाहुँदै पनि थ्रेड्स एप डाउनलोड गर्नेहरुको संख्या भने उल्लेख्य नै रहेको देखिन्छ । जस अनुसार एक महिनामा २ करोड ८० लाख पटक थ्रेड्स एप डाउनलोड भएको छ ।

Appfigures ले सार्वजनिक गरेको सन् २०२३ को डिसेम्बर तथ्यांक अनुसार गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी डिसेम्बर महिनामा विश्वभर कूल डाउनलोड भएको संख्याको आधारमा थ्रेड्स छैटौं लोकप्रिय एप बनेको छ ।

उक्त महिना एप्पलको एपस्टोरबाट थ्रेड्स एप १ करोड २० लाख पटक डाउनलोड भएको छ भने गुगल प्लेस्टोरबाट एक करोड ६० लाख पटक गरी कुल २ करोड ८० लाख जनाले डिसेम्बर महिनामा मात्रै थ्रेड्स एप डाउनलोड गरेका छन् ।

डाउनलोड संख्या र सक्रिय प्रयोगकर्ताको संख्या भनेको दुई नितान्त फरक मापन भएका भएपनि उल्लेखित तथ्यांकले मानिसहरुमा थ्रेड्स एपप्रति अहिले पनि सकारात्मक रुचि रहेको देखाएको छ ।

तथ्यांक अनुसार डिसेम्बर महिनामा आइओएसमा सर्वाधिक डाउनलोड भएका सोसल मिडिया एपहरुको सूचीमा थ्रेड्स चौथो नम्बरमा छ । पहिलो नम्बरमा टिकटक रहँदा दोस्रोमा क्यापकट र तेस्रोमा टेमु रहेको छ ।

त्यस्तै गुगल प्लेस्टोरमा चाहिं डिसेम्बरमा सर्वाधिक डाउनलोड भएकेा सोसल मिडिया एपको सूचीमा शीर्ष स्थानमा इन्टाग्राम रहँदा दोस्रोमा फेसबुक छ । त्यस्तै तेस्रोमा ह्वाट्सएप, चौथोमा  टिकटक, पाँचौंमा टेलिग्राम, छैटौंमा स्नापच्याट र सातौंमा ह्वाट्सएप बिजनेस एप रहँदा आठौं स्थानमा थ्रेड्स रहेको छ ।

एप्पल र एन्ड्रोइडका दुवै एप्लिकेसन स्टोरहरुको कुल डाउनलोड संख्याको आधारमाचाहिं थ्रेड्स एप समग्रमा छैटौँ स्थानमा परेको छ । यसमा इन्स्टाग्राम पहिलो स्थानमा छ भने टिकटक दोस्रो, फेसबुक तेस्रो, ह्वाट्सएप चौथो र क्यापकट पाँचौं स्थानमा छन् ।

यस्तो छ डिसेम्बर महिनामा .विश्वभरमा डाउनलोड भएका शीर्ष दश एपहरुको सूची :

आईओएस एप स्टोरमा :

· टिकटक : १ करोड ९० लाख पटक
· क्यापकट : १ करोड ७० लाख पटक
· टेमु : १ करोड ४० लाख पटक
· थ्रेड्स : १ करोड २० लाख पटक
· युट्युब : १ करोड १० लाख पटक
· इन्स्टाग्राम : १ करोड १० लाख पटक
· गुगल म्याप्स : १ करोड १० लाख पटक
· गुगल : १ करोड पटक
· ह्वाट्सएप : १ करोड पटक
· जिमेल : ९० लाख पटक
गुगल प्लेस्टोरबाटः
· इन्स्टाग्राम : ४ करोड ३० लाख पटक
· फेसबुक : ३ करोड २० लाख पटक
· ह्वाट्सएप : २ करोड ८० लाख पटक
· टिकटक : २ करोड ८० लाख पटक
· टेलिग्राम : १ करोड ८० लाख पटक
· स्नापच्याट : १ करोड ७० लाख पटक
· ह्वाट्सएप बिजनेस : १ करोड ६० लाख पटक
· थ्रेड्स : १ करोड ६० लाख पटक
· क्यापकट : १ करोड ५० लाख पटक
· टेमु : १ करोड ३० लाख पटक

दुवै एप स्टोरहरुको कूल डाउनलोड्स :

· इन्स्टाग्राम : ५ करोड ४० लाख
· टिकटक : ४ करोड ७० लाख
· फेसबुक : ३ करोड ९० लाख
· ह्वाट्सएप : ३ करोड ८० लाख
· क्यापकट : ३ करोड ३० लाख
· थ्रेड्स : २ करोड ८० लाख
· टेमु : २ करोड ७० लाख
· टेलिग्राम : २ करोड ५० लाख
· स्नापच्याट : २ करोड २० लाख
· स्पटीफाइ : २ करोड अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: