Loktantra Khabar National Weekly
Ad

टाइगर प्यालेसले बुझायो साढे ५१ करोड बक्यौता, दुई साताभित्र क्यासिनो चलाउने

लोकतन्त्र खबर
१८ माघ २०८०

टाइगर प्यालेसको नयाँ व्यवस्थापनले क्यासिनोको साढे ५१ करोड रूपैयाँ बक्यौता बुझाएको छ।

बक्यौता बुझाएसँगै टाइगर प्यालेसले क्यासिनो सञ्चालनको अनुमति पाएको कम्पनीका अध्यक्ष बुद्धि सागर सुवेदीले बताए।

उनका अनुसार दुई साताभित्र क्यासिनो सञ्चालन हुनेछ। ‘फेब्रुअरी १४ बाट क्यासिनो चलाउने हाम्रो तयारी छ,’ उनले सेतोपाटीसँग भने, ‘क्यासिनो पुरानै कम्पनी चलाउने कि नयाँले चलाउने भन्नेबारे छलफल भइरहेको छ।’

क्यासिनो सञ्चालनमा आएपछि थप पाँच सय जनाले रोजगारी पाउने उनले बताए।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको यो होटल गैर आवासीय नेपालीहरूले गत साउनमा खरिद गरेका थिए।

सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत् नेपालमा लगानी गरेको थियो।

गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इकमार्फत् होटल खरिद गरेका हुन्।

रूपन्देहीमा १७ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा १ सय ५  कोठा छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: