Loktantra Khabar National Weekly
Ad

फागुन २२ गतेसम्म काठमाडौंमा यी स्थानमा जानेछ ४ घन्टा बत्ती

लोकतन्त्र खबर
१६ फाल्गुन २०८०

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत्को प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

ती स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो।

बुधबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ।

बिहीबार अर्थात् फागुन १७ गते सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रहरूमा बत्ती जानेछ।

फागुन १८ गते शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरूमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ।

शनिबार हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचनामार्फत् जानकारी दिएको छ।

फागुन २० गते आइतबार इभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी सम्मको क्षेत्रमा आपूर्ति प्रणाली बन्द हुनेछ।

फागुन २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: