Loktantra Khabar National Weekly
Ad

समाजसेवी गुप्ताद्धारा गरिबहरुलाई कम्बल वितरण

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही १५ फागुन । चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य संजय गुप्ता उर्फ सुगन्ध कुमार गुप्ताले गरिब दुखिलाई कम्बल बितरण गर्नु भएको छ ।

आफनो २१ औ वैवाहिक वर्ष गाठको पुनित अवसरमा व्यापारी गुप्ताले गरिब दुखिलाई कम्बल बितरण गर्नु भएको हो । मलंगवा नगरपालिकाका वार्ड ६ खुटौनाको सुखैनिया टोल तथा वार्ड नं. ४ मा रहेका दलित वस्तीमा वहाले ८० थान न्यानो कम्बल वितरण गर्नुभयो ।

वहाका धर्मपत्नी श्रीमती सुजाता गुप्ता पनि कम्बल बितरणमा सहभागि रहेकी थिईन । सर्लाही जिल्लामा थोरै समयमा व्यापार, व्यवसायका क्षेत्रमा ठुलो नाम कमाउन सफल उधोगी व्यापारी संजय गुप्ता समय – समयमा समाजिक कार्य पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: