Loktantra Khabar National Weekly
Ad

खाली खुट्टा हिँडेर मिटरब्याज पीडितको प्रदर्शन

लोकतन्त्र खबर
१५ फाल्गुन २०८०

मिटरब्याज पीडितहरूले सुन्धारा वरिपरि खाली खुट्टा हिँडेर काठमाडौंमा प्रदर्शन गरेका छन्।

मिटरब्याज पीडितहरूले भृकुटीमण्डप, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पार्कमा विरोधसभा गरेर भृकुटीमण्डप फर्किने गरी मार्च गरेका हुन्।

उनीहरूले उक्त कार्यक्रम सोमबार गर्ने तयारी गरेका थिए। तर भृकुटीमण्डपमा बस्न नदिने भनेपछि उनीहरू कतै पनि गएनन्।

मंगलबार बिहान भृकुटीमण्डपमा बस्न पाउने भएसँगै मिटरब्याज विरूद्धको कार्यक्रमहरू सुरू गरेको मिटर ब्याज तथा ठगीविरूद्ध किसान-मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।

भृकुटीमण्डपमा बस्न मिल्ने भनेसँगै अब सरकारसँग पनि वार्तामा जाने तयारी भइरहेको उनले जानकारी दिए।

उनीहरू माघ १६ गतेदेखि हिँड्दै-हिँड्दै शुक्रबार काठमाडौं आइपुगेका थिए। उनीहरू आफूले न्याय नपाएसम्म नफर्किने अडानमा छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: