Loktantra Khabar National Weekly
Ad

मदिरा सेवन गरी कुटपिट गरेर हत्या, एकजना पक्राउ

लोकतन्त्र खबर
१४ फाल्गुन २०८०

बझाङमा  मदिरा सेवन गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जयपृथ्बी नगरपालिका-७  बस्ने ४८ वर्षीय जयबहादुर हमाल पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

उनलाई सोही ठाउँका ४० वर्षीय रामप्रसाद जोशीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो। हमाललाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ।

यस घटनामा प्रहरीले हमालको छोरालाईसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: