बखतियार अलि–
सर्लाही १४ फागुन । उखु तथा गहुबाली लगाउने बेलामा मलखादको चरम आभाव भएको बसवरिया गाउपालिकाका अध्यक्ष रामसिंहासन रायले लोकतन्त्रलाई बताउनु भएको छ ।
गाउपालिका अध्यक्ष रायका अनुसार गाउपालिकामा मलखादको चरम आभाव भएपछि उखु तथा गहुबाली लगाउने बेलामा यहाका किसानलाई समस्या भएको अध्यक्ष रायले गुनासो गर्नुभयो ।
मलखादको उचित व्यवस्थापन गरिदिनलाई अध्यक्ष रायले प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई आग्रह समेत गर्नुभयो ।
किसानहरुले समयमा मलखाद पाउदैन यसले गर्दा बाली लगाउन प्रायजसो ढिलाई हुने गरेको छ, मलखाद समयमा नपाउदा बालीहरु लगाउदा सोचेजतिको प्रतिफल किसानले पाउदैन अनि कृषि पेशानै त्यागेर खेतहरु बाझै राख्न थालेको बसवरियाका किसान रामबिश्वास यादवले दुखेसो पोख्नु भयो ।
सर्लाही जिल्लामा हरेक मौसमका वाली लगाउनलाई किसानलाई जहिले पनि मलखादको समस्या हुने गरेको छ । यो समस्यालाई समाधान गर्न कसैले पहल नगरेको यादवको भनाई छ ।

