Loktantra Khabar National Weekly
Ad

आफ्नै पसलमा बसिरहँदा ट्रक पल्टिएर जुम्ल्याहा दाजुबहिनीको मृत्यु

लोकतन्त्र खबर
११ फाल्गुन २०८०

मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

भारतीय नम्बर प्लेट  नम्बर आर.जे. २९ जी.बी. १५६१  को मालबाहक ट्रक पसलमा पल्टिँदा तीन/ चार जना च्यापिएको शंका गरिएको थियो।

त्यसमध्ये सोही ठाउँका स्थानीय ५ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

उनीहरू जुम्ल्याहा दाजुबहिनी हुन्। उनीहरू बुवासँगै पसलमा बसिरहेका थिए।

उनीहरूका बुवा ५० वर्षीय ज्योति अधिकारीको घुँडामुनिको भाग थिचिएकाले त्यही अक्सिजन दिएर राखिरहेको छ। उनको उद्धार गर्ने कार्य भइरहेको छ।

‘उनीहरू तीन जना आफ्नो पसलमा बसिरहेको अवस्थामा मार्बल बोकेर आएको मालबाहक ट्रक पल्टिएर थिचेको हो,’ एसपी कार्कीले भने।

त्यहीँकी एक रिया खवास भन्ने बालिका पनि हराइरहेकी छन्। उक्त बालिकालाई पनि ट्रकले थिचेको हो कि भन्ने शंका रहेकोले खोजी कार्य भइरहेको उनले जानकारी दिए।

ट्रक कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: